बिहीबार, १५ चैत २०८०

आजदेखी नेपाल लाईफको एफपीओ बिक्री खुला, कहाँबाट आबेदन गर्ने ? 

समयपोष्ट २०७३ पुष २७ गते ४:०८

नेपाल लाईफ ईन्स्योरेन्सको थप नयाँ साधारण सेयर अर्थात एफपीओ बिक्री आजदेखी  खुला भएको छ । नेपाल लाईफले प्रति कित्ता १४२५ रुपैयाँका दरले ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपीओको बिक्री आजदेखी खुला गरेको हो । एफपीओमा माघ २ गतेसम्म आवेदन गर्न सकिनेछ ।
कम्पनीले एक सय फेस भ्यालुमा १३२५ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता १४२५ रुपैयाँमा एफपीओ निश्काशन गरेको छ ।कम्पनीको १६ औं बार्षिक साधारण सभाबाट पारित भए बमोजिम संस्थापक र सर्वसाधारण समुहको शेयर स्वामित्व ७०ः३० प्रतिशत कायम गर्न आवश्यक हुने ३० लाख ९६ हजार ४ सय २९ कित्ता थप साधारण शेयर निष्कासन गरेको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

Advertisement

लगानीकर्ताले न्युनतम १० कित्ता अर्थात चौध हजार २ सय ५० रुपैयाँ र अधिकतम ३० हजार ९६० कित्ता अर्थात चार करोड ४१ लाख १८ हजार रुपैयाँसम्म आवेदन गर्न पाउनेछन् । लगानीकर्ताले दशको गुणांकमा आवेदन दिनु पर्ने छ ।
लगानीकर्ताले सिद्धार्थ क्यापिटल लिमिटेड, नेपाल लाइफको काठमाडौ शाखा हेरिटेज प्लाज तथा सिद्धार्थ बैंकका सबै शाखा कार्यालय मार्फत आवेदन लिन र बुझाउन सक्ने छन ।
लक्ष्मी क्यापिटल नयाँ वानेश्वर, एनआईबिएल क्यापिटल लाजिम्पाट,कृति क्यापिटल सुन्धारा, काठमाडौ क्यापिटल कमलादी,एस क्यापिटल,सिबिआईएल क्यापिटल तथा ग्लोबल आइएमई क्यापिटल जमलबाट पनि लगानीकर्ताले आवेदन दिन पाउनेछन । ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री