शुक्रबार, १६ चैत २०८०

२६ लाख रुपैयाँमा मन्द्रिाको इलेक्ट्रिक कार र्इटुओ-२० स्पोर्टज 

समयपोष्ट २०७३ पुष २७ गते ३:५०

भारतमा उत्पादित महिन्द्रा कम्पनीको इलेक्ट्रिक भेहिकल र्इटुओ-२० स्पोर्टज  नेपाली बजारमा भित्रिएको छ  । काठमाडौमा मंगलबार पत्रकार सम्मेलन गरी अग्नि इनर्जीले भित्राएको उक्त गाडीको मूल्य २६ लाख रुपैयाँ तोकिएको छ ।

Advertisement

डुअल एयरब्याग, फास्ट चार्जिङ तथा रियर वाइपरलगायत विभिन्न नयाँ नयाँ फिचरसहित आएको नयाँ मोडलको गाडी नेपाली उपभोक्ताका लागि उपयोगी हुने दावी पनि गरिएको छ ।गाडीमा  १२७ किलोमिटरको अतिरिक्त रेन्जका साथै गाडीमा थप स्टोरेज एरिया पनि रहेको छ ।

लेदर सिट, प्रिमियम स्टाइलिङ्ग, ब्लोपन्क्ट् इन्फोटेन्मेन्ट सिस्टम तथा स्टियरिङ्ग माउन्टेड अडियो कन्ट्रोल रहेको कम्पनीले जनाएको छ।यो कारले प्रतिघण्टा एक सय किलोमिटर स्पीड क्षमता छ। अग्नि इनर्जीका सिइओ महेश बाबुले यो गाडी आरामदायी, सुरक्षित, सजिलो र छरितो तथा वातावरणमैत्री सवारी भएको जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री