शुक्रबार, १४ वैशाख २०८१

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले चौथो स्थापना दिवस मनायो 

समयपोष्ट २०७३ पुष २४ गते ४:५३

काठमाडौंको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले आफ्नो चौथो स्थापना दिवस मनाएको छ । अस्पताल संचालनको चौथो बर्ष पुरा भएको उपलक्षमा राजधानीको र्याडिसन होटलमा एक संक्षिप्त कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
माननीय स्वास्थ्य मन्त्री गगन थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको बिशिष्ठ अतिथिका रुपमा नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जिबि नेपालको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री गगन थापाले सरकार ग्रान्डी जस्ता अस्पतालको साथमा सहकार्यगर्दै अगाडि बढ्न तयार रहेको बताए ।
उनले नेपालको स्वास्थ्य उपचारको क्षेत्रमा ग्रान्डी अस्पतालले उदाहरणिय कार्य गरेको जिकीर गर्दै यस किसिमका अस्पतालहरु आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिबि नेपालले आफु ग्रान्डी अस्पतालको सेवाबाट अत्यन्त प्रभाबित भएको र यस किसिमका सेवा प्रदायक स्वास्थ्य संस्थाहरु मुलुकका लागि अपरिहार्य रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका अध्यक्ष इ दिपक कुँबरले थुप्रै चुनौती र सम्स्याहरुलाई छिचोल्दै आज देशको आदर्श स्वास्थ्य सेवा प्रदायक अस्पताल बनाउन योगदान दिनुभएका सम्पूर्ण सहयोगि सहृदयिहरुप्रति आभार ब्यक्त गरे ।
त्यसैगरी अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले स्वास्थ्य सेवाका क्षेत्रमा ग्रान्डी अस्पतालले उदाहरणिय कार्य गरेको जिकीर गर्दै आगामी दिनमा अझ स्तरिय सेवा प्रदान गर्दैजाने प्रतिबद्धता दोहोर्याए। उनले ग्राण्डी अस्पताल सबैको अस्पताल भएकाले सरकारसँग सहकार्य गर्दै अघि बढ्न आफुहरु तयार रहेको बताए ।
संचालनको चौथो बर्ष पुरा गर्दा सम्म यस अस्पतालले इभिडेन्स बेस्ड मेडिसिनमा आधारित उपचारका माध्यमबाट हजारौंको संख्यामा बिरामीहरुलाई उपचार गरिसकेको छ ।
देशको पहिलो इएमएस सेवा जहाँ चिकित्सक र नर्सिङ स्टाफ सहितको टोली, अत्याधुनिक सुबिधा सम्पन्न एमबुलेन्स तथा एयर एम्बुलेन्स सेवाको माध्यमबाट आकस्मिक उपचार र उद्धार गरी सयौंको संख्यामा बिरामीहरुलाई अस्पतालमा ल्याएर सफल उपचार गरिसकेको छ । यस कार्यमा अस्पतालको छतमा रहेको सुरक्षित हेलिप्याडले पनि महत्वपुर्ण भूमिका खेलेको छ ।
अस्पतालको आइसियू सिसियू ,हाईकेयर, एनआइसियू र पिआइसियूले बिरामीको सघन उपचारको आवश्यकतालाई पुरा गर्नकालागि महत्वपूर्ण भूमिका खेलेको छ ।
हृदयाघात भएर आएकाहरुकोलागि कार्डियाक इन्टरभेन्सन देखी मुटुमा छुरा रोपिएर आएका बिरामीको सफल शल्यकृया सम्म अनि छिनेका हात र औंलाहरु जोड्ने सम्मका जटिल शल्यकृयामा यस अस्पतालले सफलता हाँसिल गरिसकेको छ ।
त्यसैगरी ग्राण्डी अस्पतालले प्रदान गर्दै आएको मृगौला प्रत्यारोपण सेवा पनि अत्यन्त सफल रहेको छ । नेपालका अत्यन्त दक्ष तथा अनुभवि डाक्टरहरुको टिमको संलग्नता रहेको यस अस्पतालको मृगौला प्रत्यारोपण सेवा पनि बिरामीहरुको पहिलो रोजाईमा पर्न सफल भएको छ ।
त्यसैगरी दुर्घटनाबाट हुने चोटपटक जन्य बिरामीहरुकालागि यो अस्पताल एउटा उत्कृष्ट गन्तब्यका रुपमा स्थापित भएको छ । खेलकुदका बखत लाग्ने चोटपटकको क्यामेराको प्रयोगबाट गरिने आर्थोस्कोपिक उपचार र स्पोर्टस् मेडिसिनमा पनि ग्रान्डी अस्पताल पहिलो गन्तब्यका रुपमा रहेको छ ।
त्यसैगरी न्यूरो सर्जरी, स्पाइनल सर्जरी र ल्याप्रोस्कोपिक रेनल र एब्डोमिनल इन्टरभेन्सनकालागि पनि यो अस्पताल उच्च प्राथमिकताको गन्तब्यको रुपमा स्थापित भइसकेको छ । यस किसिमका उपचार सेवा अत्याधुनिक र बिश्वस्तरिय उपकरण र दक्ष तथा अनुभवि डाक्टरहरुको टिमले प्रदान गर्ने हुनाले यो अस्पताल सार्थकरुपमा एक अन्तर्राष्ट्रिय अस्पताल बन्न सफल भएको छ ।
यता स्त्री तथा प्रसुतिरोग सेवा र नियोन्याटल केयर सहितको बालरोग सेवाले पनि अस्पताललाई पुर्णता दिएको छ । साथमा यस अस्पतालको फर्टिलिटी सेन्टर ग्रान्डी आइभिएफ ले सयौ दम्पतिहरुलाई सन्तान सुख प्रदान गरेको छ ।
ग्रान्डी अस्पतालमा संचालित ह्यान्ड हाइजिन प्रोग्राम तथा एन्टिवायोटिक स्टिवर्डसिप प्रोग्रामले पनि यस अस्पतालको सेवाको गुणस्तरलाई खास उचाई प्रदान गरेको छ । त्यसैगरी संक्रमित बिरामिहरुलाई अलग्गै राखेर उपचार गरिने बिशेष कार्यक्रम समेत ग्रान्डी अस्पतालमा संचालित छ ।
सबैभन्दा महत्वपूर्ण कुरा के छ भने ग्रान्डी अस्पतालमा एकैछानामुनी ३५ वटा बिभिन्न बिशेषज्ञ उपचार सेवाहरु उपलब्ध रहेका छन् । अलग अलग बिधाका बिशेषज्ञहरुको सहज उपलब्धताले जटिल भन्दा जटिल प्रकृतिका बिरामीहरुको उपचार समेत संभव हुने गरेको छ ।
नेपालमा बिश्वस्तरको उपचार सेवा प्रदानगर्ने अन्तर्राष्ट्रिय अस्पतालको आवश्यकता खड्कीरहेका बेला चार बर्ष अघि परिकल्पना गरिएको ग्रान्डी अस्पताल उपचारका लागि बिदेश जाने नेपालीहरुकालागि समेत स्वदेशमा नै एउटा राम्रो बिकल्पको रुपमा स्थापित भएको छ ।
चौथो बर्ष प्रबेश गरिरहँदा स्वास्थ्य उपचारको क्षेत्रमा पुर्यालएको योगदान तथा उत्कृष्ट सेवाका कारण ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल बर्ष २०१६ को उत्कृष्ट सेवा प्रदायक अस्पताल ‘हस्पिटल अफ द इएर २०१६’ फ्रस्ट एण्ड सुलिभान अवार्ड बाट सम्मानित भएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री