बुधबार, १२ वैशाख २०८१

‘भोको घर’ को मञ्चन भोलि सकिदै

समयपोष्ट २०७३ पुष २२ गते ७:५५

युवा रंगकर्मी केदार श्रेष्ठले परिकल्पना तथा निर्देशन गरेको नाटक 'भोको घर’ को मञ्चन  शनिबार  सकिदै  छ । पुस १ गतेदेखि सुनधारास्थित थिएटर मलमा मञ्चन भइरहेको  यस नाटक  सुप्रशिद्ध नाटककार गोविन्दबहादुर मल्ल गोठालेले तीसको दशकमा रचना गरेका हुन् । सोहि रचनालाई रंगकर्मी श्रेष्ठले मञ्चमा उतारेका हुन् । ८ वर्ष अघि रंगकर्मी श्रेष्ठले यस नाटकमा आफैले अभिनय गरेका थिए । अहिले प्रस्तुतिलाई कला र प्रविधिको माध्यमले समसामयिक बनाएर आफैले निर्देशन गरेका छन् । नाटकमा एकै परिधिमा रुमलिरहने वा रुमलिरहन बाध्य हुने मध्यम वर्गीय सोँच र आर्थिक संकटले पैदा गर्ने पारिवारिक कठिनाईहरुलाई दृश्यमा प्रस्तुत गरिएको छ । मध्यम वर्गको आवश्यकता, सपना, महत्वकांक्षाका साथै समस्या र दुर्घटनाको अवस्थालाई नाटकले मूल विषय बनाईएको छ । नाटकमा आकाश मगर, शान्ति गिरी, सुदाम सिके, सञ्जिता सञ्जी र अभय बरालले अभिनय गरेका छन् ।  रंगकर्मी श्रेष्ठले यसअघि उपियाँको निवन्ध, मान भर्सेस मती,भित्ताको नमस्ते, बदरंगः लोचनवंशको साक्ष्य लगायत नाटकहरु निर्देशन गरिसकेका छन् । निदेशक श्रेष्ठको यो पाँचौ नाटक हो । नाटकको मञ्चन भोलि सकिदैछ । दर्शक राम्रो पाएपनि अर्को नाटकलाई तुरुन्तै मञ्च दिनुपर्ने भएकोले नाटकको समयावधि नबढ्ने निर्देशक श्रेष्ठले जानकारी दिए । नाटक भोलि दिउँसो १:३० बजे र साझँ ५:०० बजे मञ्चन हुनेछ । नाटकको टिकट दर रु. २००, रु ३०० र रु ५०० तोकिएको छ । 

Advertisement

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री