बिहीबार, १५ चैत २०८०

माछापुच्छे बैंकद्धारा विभिन्न बिद्यालयहरुलाई सहयोग  

समयपोष्ट २०७३ पुष १८ गते ११:५६

माछापुच्छे बैंक लिमिटेडले पोखरा र धनकुटाका बिद्यालय तथा बिद्यार्थीहरुका लागि सहयोग सामग्री बितरण गरेको छ । 
बैकको धनकुटा शाखाले मार्गेश्वरी प्राथामिक बिद्यालय, चारगाउ धनकुटाका फरक क्षमता भएका बिद्यार्थीहरुका लागि  लागि लत्ताकपडा तथा स्टेसनरी सामाग्रीहरु वितरण गरेको छ ।

Advertisement

पोखरा शाखाले पोखरा –१२ ढिकालेथर स्थित सरस्वती आधारभूत बिद्यालयलाई डेस्क तथा बेन्च हस्तान्तरण गरेको छ । 
बैकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत गरीब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई उक्त सामाग्रीहरु प्रदान गरेको हो । 
बैकले हरेक महिना एक सामाजिक उत्तरदायित्व भन्ने मूल नारा लिई देशभरका विभिन्न शाखाहरु मार्फत सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यहरु गरीरहेको बताएको छ । 


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री