आमा बनेपछि फेरिइन् दीपिका
बलिउड अभिनेत्री दीपिका पादुकोणको पछिल्लो रूप देखेर उनका फ्यानहरू चकित परेका छन्। आमा बनेपछि उनको रूप रंग चिन्नै नसकिने गरी परिवर्तन भएको छ।
दीपिकाले गत वर्ष सेप्टेम्बर ८ मा पहिलो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी थिइन्। आमा बनेपछि लामो समय उनी लाइमलाइटबाट हराइन्। केही समयपछि सार्वजनिक रूपमा देखा परे पनि उनको नयाँ लुकले सबैको ध्यान तानेको छ।
केही दिनअघि उनी सब्यासाची ज्वेलरीको वार्षिकोत्सवमा र्याम्पमा प्रस्तुत भइन्। उनले सेतो ट्रेन्च कोट, पाइन्ट, ज्वेलरीसहित कालो फ्रेम भएको चश्मा लगाएर र्याम्प वाक गरिन्। तर, उनको चालढाल र हाउभाउमा पुरानो छनक कतै पनि देखिएन। हिँडाइ सुस्त थियो, रेखाजस्तै देखिने उनको लुकमा गालाको डिम्पल समेत हराएको देखिन्थ्यो।
दीपिकाको यो लुकप्रति फ्यानहरूले विभिन्न प्रतिक्रिया जनाएका छन्। कतिपयले प्रशंसा गरेका छन् भने कतिपयले ट्रोलसमेत गरिरहेका छन्। केहीले उनको गम्भीर मुद्रालाई समेत उल्लेख गर्दै पुरानो दीपिका र अहिलेको दीपिकामा ठूलो अन्तर देखिएको बताएका छन्।
प्रतिक्रिया