नक्कली भुटानी शरणार्थी प्रकरण : टेकनारायण पाण्डेको मुद्दामा कारण देखाऊ आदेश


नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

न्यायाधीश कुमार चुडालको इजलासले पाण्डेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि पहिलो सुनुवाइ गर्दै उक्त आदेश जारी गरेको हो।

Advertisement

पाण्डे माघ ११ गते सर्वोच्च अदालत पुगेका थिए। उनलाई यसअघि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। पाण्डेसहित अधिकांश प्रतिवादीलाई थुनामै राख्ने आदेश जिल्ला अदालतले दिएपछि उनले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए। तर, पाटनले पनि जिल्लाको आदेशलाई सदर गरेपछि उनी सर्वोच्च पुगेका हुन्।

पाण्डे नक्कली भुटानी शरणार्थी प्रकरणको पहिलो अभियोगपत्रका मुख्य प्रतिवादी हुन्। सरकारले दायर गरेको पहिलो अभियोगपत्रमा निलम्बित सचिव पाण्डेसहित पूर्वमन्त्रीहरू बालकृष्ण खाण, टोपबहादुर रायमाझी लगायतलाई प्रतिवादी बनाइएको छ।

सर्वोच्चको कारण देखाऊ आदेशपछि पाण्डेको रिटमाथि थप सुनुवाइ हुनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री