डिशहोम इन्टरनेटमा वार्षिक जडानमा बोनस र नि:शुल्क फाइभ-जी राउटर अफर

डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूलाई लक्षित गर्दै वार्षिक इन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ। यो अफरअन्तर्गत ग्राहकहरूले वार्षिक इन्टरनेट जडानमा ३ महिनाको बोनस र नि:शुल्क फाइभ-जी राउटर प्राप्त गर्न सक्नेछन्।

Advertisement

कम्पनीले नयाँ र पुराना ग्राहकहरू दुवैका लागि यो योजना ल्याएको हो।

पुराना ग्राहकहरूले वार्षिक इन्टरनेट प्याकेज रिचार्ज गर्दा यो अफर पाउन सक्नेछन्। नयाँ ग्राहकहरूले वार्षिक इन्टरनेट जडान गर्दा अफरको फाइदा लिन सक्नेछन्।

अफर कसरी पाउन सकिन्छ?

यो अफर प्राप्त गर्न ग्राहकहरूले आफ्नै नजिकको डिशहोम अधिकारिक डिलरसँग सम्पर्क गर्न सक्नेछन्। अधिकारिक डिलरबाट जडान प्रक्रिया सहजै पूरा गर्न सकिने व्यवस्था कम्पनीले गरेको छ।

Advertisement

डिशहोमले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै यो योजना ल्याएको बताएको छ। वार्षिक प्याकेज लिने ग्राहकहरूले इन्टरनेट सेवाको साथमा थप लाभको अनुभव गर्न सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री