शनिबार, ८ कार्तिक २०८२

शिक्षण अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन

समयपोष्ट २०८१ माघ ७ गते २१:३१

Advertisement

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बिमा कार्यक्रम आजदेखि पुनःसञ्चालनमा आएको छ ।

अन्तरङ्ग विभागमा भर्ना भएका बिरामीलाई उपलब्ध गराउँदै आएको स्वास्थ्य बिमा कार्यक्रम पुनः सुरू गरिएको अस्पतालले जनाएको छ ।

उक्त सेवा गत भदौ १२ गतेदेखि स्थगन गरिएकामा आजदेखि पुनः सञ्चालनमा आएको अस्पतालका प्रशासन प्रमुख सरस्वती गुरुङले जानकारी दिनुभयो ।

सम्पूर्ण विभाग/वार्ड/शाखा/ओपिडी तथा एकाइमा अन्तरङ्ग सेवामा बिरामी भर्ना गर्दा यो सेवा लागू हुने सूचनामा उल्लेख छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री