शिवम् सिमेन्ट्सको लाभांश पारित
शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभा सम्पन्न गर्दै ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभाले आर्थिक वर्ष २०८०/८१ का लागि चुक्ता पूँजीबाट ८.५५ प्रतिशत वोनस शेयर र ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले रु. ५ अर्ब २ करोड ७० लाखको चुक्ता पूँजीबाट ८.५५ प्रतिशतका दरले रु. ४२ करोड ९८ लाख ८ हजार ५ सय बराबरका १०० रुपैयाँ अंकित दरका ४२ लाख ९८ हजार ८५ थान वोनस शेयर र उक्त वितरण गर्दा लाग्ने कर प्रयोजनका लागि ०.४५ प्रतिशतका दरले रु. २ करोड २६ लाख २१ हजार ५ सय नगद लाभांश वितरण गर्नेछ।
राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्गमा आयोजित सभामा कम्पनीका सञ्चालक अध्यक्ष गौरव गोयलको अध्यक्षतामा कम्पनीको वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, र आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पनि पारित गरिएका छन्।
वोनस शेयर वितरण पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी बढेर रु. ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार ५ सय पुग्ने छ।
प्रतिक्रिया