सोमबार, ३ कार्तिक २०८२

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तत्काल अघि बढाउन संसदीय समितिको निर्देशन

समयपोष्ट २०८१ पुष २५ गते १५:१२


प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले राष्ट्रिय महत्त्वको परियोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तत्काल अघि बढाउन सरकारलाई निर्देशन दिएको छ। बिहीबार बसेको समितिको बैठकले नेपाल वायु सेवा निगमको व्यवस्थापन र सेवा सञ्चालनका विषयमा छलफल गर्दै उक्त निर्णय गरेको हो।

Advertisement

समितिको निर्णयमा “राष्ट्रिय महत्त्व, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कार्य शीघ्र अघि बढाउन नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राथमिकता दिनुपर्ने” उल्लेख गरिएको छ।

समितिले नेपाल वायु सेवा निगमको व्यावसायिक योजनालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याई यसको प्रगतिबारे नियमित रूपमा समितिमा जानकारी गराउन भनिएको छ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालनमा ल्याउन सम्बद्ध निकायबीच आवश्यक सम्झौता, समन्वय र पहलकदमी लिन निर्देशन गरिएको छ।

पर्यटन मन्त्रालयको समग्र नीतिगत, संरचनागत, र व्यवस्थापकीय सुधारका लागि कार्यान्वयनयोग्य कार्ययोजना निर्माण गरी समितिलाई प्रतिवेदन पेस गर्न भनिएको छ।

Advertisement

बैठकले पर्यटन क्षेत्रलाई सुदृढ र व्यवस्थित बनाउन दीर्घकालीन योजनाहरूलाई प्राथमिकता दिनुपर्ने आवश्यकता पनि औंल्याएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री