सोमबार, १७ वैशाख २०८१

गायिका रचना रिमाल चढेको गाडी दुर्घटना

समयपोष्ट २०८० माघ १४ गते २१:२९

Advertisement

गायिका रचना रिमाल चढेको गाडी दुर्घटनामा परेको छ ।

नेपालगन्जबाट दाङ लमहीको महोत्सवमा जाँदै गर्दा बाँकेको सिक्टा नजिकै आइतबार साँझ ५ बजे बा प्र ०३.०१ ख २११८ को नम्बरको ट्रकले गायिका रिमाल चढेको गाडीलाई ठक्कर दिएको हो ।

दुर्घटनामा आफू सकुशल रहेको रचनाले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।

आफूहरुलाई केही नभएको रिमालले बताएकी छन् भने गाडीमा सामान्य क्षति पुगेको उल्लेख गरेकी छन् ।

उनले लमहीमा आज भनिएको कार्यक्रम भोलि हुने पनि जनाइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री