शुक्रबार, २१ वैशाख २०८१

काठमाडौंका यी क्षेत्रमा आज चार घण्टा विद्युत अवरुद्ध

समयपोष्ट २०८० माघ १३ गते ९:३९

Advertisement

काठमाडौंको बूढानीलकण्ठ वितरण केन्द्रको चुनिखेल फिडरअन्तर्गतका विभिन्न स्थानमा आज चार घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत प्राधिकरणले आज सूचना प्रकाशित गर्दै भंगाल, बिजुली भंगाल, गाम्चा, सापाटार, टुपेक, वडा कार्यालय ११, कौडोल, सुन्दरवस्ती, बाँसबारी, गणेशचोक, स्पेसलचोकलगायतका स्थानमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म बिजुली अवरुद्ध हुनेछ।

ती क्षेत्रमा बिजुलीको भूमिगत प्रसारण लाइनको काम गर्नका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। निर्धारित समयअगावै काम सकिएमा अगाडि नै विद्युत आपूर्ति सुचारु गरिने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री