शनिबार, ५ जेठ २०८१

एल एस क्यािपटल माउन्टेन ग्लोरीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त

समयपोष्ट २०८० माघ १२ गते १८:४९

Advertisement

बिगत ८ वर्ष देखि दोभिल्ला,पोखरास्थित माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरी आएको माउन्टेन ग्लोरी लिमिटेडले लक्ष्मी सन्राइज बैंकको सहायक कम्पनी एल एस क्यािपटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

शुक्रबार सो सम्बन्धि सम्झौता पत्रमा कम्पनीको तर्फवाट अध्यक्ष शुनिल भक्त श्रेष्ठ तथा लक्ष्मी सन्राइज क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

कम्पनीले सर्वसाधारणहरुको लागि रु.१०० अकिंत दरको ४०,००,००० कित्ता साधारण शेयर निष्काशन गर्दैछ ।

जारी पूँजी रु.१ अर्व ५० करोड रहेको माउन्टेन ग्लोरी लिमिटेडले पोखराको दोभिल्ला स्थीत करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको ६४ कोठा सहित बिषेश सुविधा सम्पन्न रिजोर्टको रुपमा माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरी सुविधा उपलब्ध गराउदै आएको छ ।

Advertisement

निकट भविष्यमा शेयर निष्काशन पश्चात कोठाहरु थप गरी विदेशी होटल संग अनुबन्धन गरे पश्चात पाँच तारे होटलकोे रुपमा सेवा उपलब्ध गराउने योजना समेत कम्पनीको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री