शनिबार, ५ जेठ २०८१

३.९४ अंकले घट्यो नेप्से परिसुचक

समयपोष्ट २०८० माघ ११ गते १५:४०

Advertisement

आज नेप्से परिसुचक ३.९४ अंकले घटेर २०८४.०९ को बिन्दुमा झरेको छ ।

बिहीबार ३०४ कम्पनीका ३ अर्ब ७६ करोड ४५ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ८९ हजार कित्ता सेयर किनबेच भएको छ ।
आज परिसूचकमा सामान्य गिरावट आउँदा ९१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १४१ वटा कम्पनीको मूल्य घट्दा १५ वटा कम्पनीको मूल्य भने स्थिर छ । यसक्रममा सामलिङ पावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

यस्तै, सिटिजन्स म्यूचुअल फण्ड–२ को सेयर मूल्य ५.०३ प्रतिशतले घट्दा हिमालयन रि इन्स्योरेन्स कम्पनीको २८ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यो सबैभन्दा बढी हो ।

परिसूचक घटेपनि आज ५ वटा समूहको सूचकमा भने सुधार आएको छ । व्यापार समूह १४.६५ अंकले बढ्दा म्यूचुअल फण्ड समूह ०.०१ अंक र वित्त समूह २.६५ अंकले बढेको छ । यस्तै, विकास बैंक समूह ५.९५ अंकले बढ्दा बैंक समूहको सूचक २.२६ अंकले बढेको छ ।

Advertisement

६ वटा समूह बढेपनि ७ समूहमा भने गिरावट आएको छ । जसमध्ये होटल र टुरिजम समूहमा ५८ अंकको गिरावट आएको छ भने निर्जीवन बीमा समूहको सूचकमा ४७ अंक र जीवन बीमा समूहको सूचकमा ४५ अंकको गिरावट आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री