शुक्रबार, ७ वैशाख २०८१

युटिएलले ५ अर्ब भन्दा बढी बक्यौता बुझाउँन बाँकी, माघ मसान्तसम्म नतिरे अनुमतिपत्र खारेज

समयपोष्ट २०७९ माघ १६ गते ९:४५

Advertisement

नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (युटिएल) लाई बक्यौता बुझाउँन निर्देशन दिएको छ ।

प्राधिकरणले एक सुचना जारी गर्दै माघ मसान्तसम्म बाँकी बक्यौता बुझाउँन निर्देशन दिएको हो । सुचनामा प्राधिकरणले मिति २०७९ माघ मसान्तसम्म हालसम्म बाँकी भएको सम्पूर्णबक्यौता तिर्न र त्यसको सक्कल भौचर प्राधिकरणमा दाखिला गर्न भनेको छ । अन्यथा प्राधिकरणले प्रचलित कानून बमोजिम अनुमतिपत्र खारेज गर्ने चेतावनी प्रचलित कानून बमोजिम अनुमतिपत्र खारेज गर्ने चेतावनी

प्राधिकरणका अनुसार युटिएलले नेपाल सरकार तथा प्राधिकरणलाई बुझाउनु पर्ने अनुमतिपत्र नविकरण दस्तुरबापतको किस्ता रकम, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषलगायतका दस्तुर रकम गरि कुल ५ अर्ब ३० करोड ९४ लाख ४९ हजार १ सय ५३ रुपैयाँ ८८ पैसा रहेको छ।

यो २०७९ पुष मसान्तसम्म कायम हुन आएको जम्मा बाँकी रकम भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले २०७३/५/२० मा युटिएललाई आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री