बुधबार, १२ वैशाख २०८१

चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरूले जलाए आइओएमकी डीन दिव्या सिंहको पुत्ला

समयपोष्ट २०७९ माघ ११ गते १८:४४

Advertisement

चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरूले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान डीनमा दिनहुँ आन्दोलन गर्दै आएका छन् ।

विभिन्न माग अघि सारेर चिकित्सा शिक्षा पढ्दै गरेका विद्यार्थीहरू आन्दोलन गर्दै आएका हुन् ।

उनीहरूले संस्थानकी डीन प्रा.डा. दिव्या सिंहको पुत्ला नै जलाएका छन् । महाराजगन्ज मेडिकल कलेज (आइओएम) डिन कार्यालय अगाडिबाट टिचिङ हस्पिटल चोकसम्म उनीहरू सिंहको पुत्ला जलाएका हुन् ।

दोस्रो वर्षको बेरियर सम्बन्धी मागको निर्णय गर्न ढिलाइ भएपछि विद्यार्थीहरू लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । उनीहरू डीन सिंहको राजीनामा माग्दै आएका छन् ।

डीनको कार्यालयले दोस्रो वर्षको बेरियरमा परेका विद्यार्थीहरू परीक्षा दिन पाउनेगरी व्यवस्था गर्ने गरी विद्यार्थीहरूसँग सहमति गरेको थियो । गत भदौमा १५ दिनभित्रमा अध्ययन गरेर अघि बढ्ने सहमति गरेपनि हालसम्म कुनै निर्णय डीनको कार्यालयले गर्न सकेको छैन ।

विद्यार्थीहरूले बेरियरमा परेकाहरूको समस्या समाधानको माग गर्दै तालाबन्दी गरेका थिए । तालाबन्दीपछि गत भदौ ३१ मा पीडित विद्यार्थी र आईओएमबीच एउटा सहमति भएको थियो । सहमति अनुसार ५ दिनभित्रमा अध्ययन गर्ने र प्रतिवेदन डीनको कार्यालयमा बुझाउने थियो । तर, अहिलेसम्म सहमतिका विषयमा डीनको कार्यालयले केही जानकारी दिएको छैन ।

चिकित्सा शिक्षा सुधार संघर्ष अभियान लगायतले चिकित्सा शिक्षा सुधारका विभिन्न मागहरू अघि सारेर आन्दोलन गर्दै आएका छन् । होस्टेलको व्यवस्था गर्नुपर्ने भन्दै एमबीबीएस अध्ययन गरिरहेका विद्यार्थीहरू पनि आन्दोलनमा छन् । त्यस्तै परीक्षा शुल्क महँगो भएको विषयमा समेत विद्यार्थीहरू आन्दोलन गर्दै आएका छन् । तर, डीनको कार्यालयले उनीहरूका माग सुनुवाइ गर्नुको साटो उल्टै प्रहरी प्रशासनलाई लगाएर उनीहरूमाथि बल प्रयोग गर्दै आएको छ ।

डीन प्रा.डा. सिंह उनीहरूका माग, भइरहेको आन्दोलन लगायतका विषयमा सम्पर्कमा गर्न खोज्दा सम्पर्कमा आउन चाहिरहेकी छैनन् । पटक पटक फोन गर्दा समेत उनको फोन उठ्दैन । विद्यार्थीहरूले समेत उनीसँग वार्ताका लागि आह्वान गर्दा समेत प्रहरी लगाएर उल्टै विद्यार्थीमाथि कुटपिट गर्न लगाउने, पक्राउ गर्न लगाउने काम गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री