शुक्रबार, १६ चैत २०८०

संसद भवन अगाडि आफ्नै शरीरमा आगो लगाउने आचार्यको उपचारका क्रममा मृत्यु

समयपोष्ट २०७९ माघ ११ गते ८:५३

Advertisement

नयाँ बानेश्वरको संसद भवन अगाडि आफ्नै शरीरमा आगो लगाउने प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ ।

मंगलबार कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधबार बिहान आचार्यको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए ।

चिकित्सकका अनुसार आचार्यको शरीरको अधिकांश भाग जलेको थियो ।

इलाम सुर्योदय नगरपालिका–११ केराबारी घर भएका ३६ वर्षीय प्रेम प्रसाद आचार्यले मंगलबार दिउँसो संसद भवन अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका थिए ।

प्रहरीले उद्धार गरी उनलाई कीर्तिपुर बर्न अस्पताल पुर्याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री