बिहीबार, २० वैशाख २०८१

शिवम् सिमेन्ट्सको सातौं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

समयपोष्ट २०७९ माघ १ गते १६:१७

Advertisement

शिवम् सिमेन्ट्स लिमिटेडको सातौं वािर्षक साधारण सभा हेटौंडामा सम्पन्न भएको छ ।

शुक्रवार कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा बसेको उक्त वार्षिक साधारण सभाले आ.व. २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १०.५३ (दश दशमलव पाँच तिन) प्रतिशतका दरले (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त सभाबाट आगामी ४ बर्षे कार्यकालका लागि रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारु, गौरव शारडा र शैलजा राईलाई सञ्चालकमा नियुक्त गरेको छ ।


सभास्थलमा बसेको नवनिर्वाचित संचालकहरुको बैठकबाट संचालक गौरव गोयललाई संचालक समितिको अध्यक्ष पदमा चयन गरेको छ ।

Advertisement

साथै सोही सभाबाट संचालक समितिले नियुक्तीका लागि निर्णय गरी अनुमोदनका लागि सिफारिस गरे बमोजिम नेपाल सरकारका पूर्व सचिव समेत रहनु भएका चन्द्र कुमार घिमिरेलाई स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक पदमा नियुक्तीको अनुमोदन समेत गरी ६ सदस्यीय संचालक समिति गठन गरेको हो ।

उक्त सभाबाट आ.व. २०७८।०७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गर्दै आ. व. २०७९।०८० को आय व्ययको लेखापरीक्षण कार्य गर्नका लागि साधरणसभाले सुबोध एशोसिएट्स एण्ड चार्टर्ड एकाउण्टेण्ट, काठमाडौंलाई लेखापरिक्षकमा नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने निर्णय पारित गर्नुका साथै कम्पनीमा आवद्ध रहि उत्कृष्ट कार्य सम्पादन गर्ने केहि कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री