बिहीबार, २० वैशाख २०८१

भारतद्वारा नारायणी नदी नजिक ब्यूटिफिकेशन एण्ड प्रोटेक्सन बाँध निर्माण

समयपोष्ट २०७९ माघ १ गते १४:३२

Advertisement

भारत सरकारले नवलपरासीस्थित नारायणी नदीमा करिब रू ५० करोड लागतमा प्रोटेक्सन बाँध निर्माण गरिरहेको छ । नारायणी नदी (गण्डक नदी)को सुन्दरता र त्रिवेणीधामदेखि गण्डक ब्यारेजसम्मको सडक बाँध संरक्षणका लागि नदीको पश्चिम क्षेत्रमा ‘मेका फेरि’ अवधारणामा ‘रिफलेक्सन’ बाँध निर्माण भइरहेको हो ।

गण्डकी प्रदेशको मूल नाका नवलपरासी (बर्दघाट –सुस्ता पुर्व)को विनयी त्रिवेणी गाउँपालिका–६ त्रिवेणी धामदेखि वडा नं ७ गण्डक ब्यारेज पुलसम्म नदीको पश्चिम क्षेत्रतर्फ नेपालतर्फ दुई हजार ६०० मिटर दुरीको उक्त बाँध निर्माण कार्य भइरहेको छ ।
भारतको विहार प्रदेश सरकारले नदीको सुन्दरता र बाँधको संरक्षणका लागि भारततर्फ बनाएको बाँध जस्तै नेपाल तर्फपनि उस्तै बाँधको निर्माण गरिरहेको प्रोजेक्ट म्यानेजर विनयप्रताप सिंहले बताउनुभयो ।

यो बाँधले नदीको छेउमा भइरहेको कटान रोकिने र बाँध थप बलियो हुने सिंहका अनुसार विहार सरकारले ‘गण्डक रिभर व्यूटिफिकेशन एण्ड प्रोटेक्सन परियोजना’मार्फत् त्रिवेणी धामदेखि नदीमा फिट गरिएको नेपाली रेगुलेटरसम्म दुई हजार छ सय मिटर दुरीको बाँध बनाउने कार्यमा तीव्रता दिएको छ ।

विगत चार वर्षदेखि सुरु गरिएको निर्माण ८० प्रतिशत काम सम्पन्न भइसकेको सिंहले जानकारी दिनुभयो । “नेपाल–भारतको गण्डक सम्झौता अनुसार नारायणी नदीको पश्चिमतर्फ नदीको व्यूटिफिकेशन र बाँधको संरक्षणका लागि उक्त बाँध बनाइरहेको हो”, उहाँले भन्नुभयो ।

Advertisement

यो प्रोजेक्ट सन् २०१९ मार्चदेखि सुरु भएको र यो परियोजना सन् २०२३ जुनसम्ममा सम्पन्न हुनेछ । बाँध त्रिवेणी धामदेखि गण्डक ब्यारेजसम्म निर्माण हुनेछ । नदी नै सुस्ता भूमिलाई घेर्दै भातरको विहार र उत्तर प्रदेश छुदै पटना पुगेको छ ।

नारायणी नदीमा नारायणी, तमसा र सोनभद्रा गरी तीन नदी मिलेर त्यस ठाउँको नाम त्रिवेणी भनिएको छ । गण्डक ब्यारेजदेखि उत्तर तर्फको नारायणी नदीलाई स्थानीय नाम त्रिवेणी नाम पनि पनि चिनिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री