शुक्रबार, २१ वैशाख २०८१

सीजी नेटद्धारा नेपालकै पहिलो र एक मात्र पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक

समयपोष्ट २०७९ पुष २४ गते १२:१४

Advertisement

इन्टरनेट सेवा प्रदायक, सीजी नेटले नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ ।

कम्पनीले रु १०४९ मा २५० एमबीबीएस इन्टरनेट र रु.११५४ प्रति महिनामा २५० एमबीबीएस र आइ पी टी भीप्रदान गर्ने जनाएको छ ।

कम्पनीका अनुसार, यो योजनाले कम मूल्यमा उच्च गतिको इन्टरनेट खोज्ने ग्राहकहरूले अब एकमुष्ट रकम नतिरेर मासिक आधारमा भुक्तानी गर्न सक्ने भएकाले पोष्टपेड प्लानबाट उच्च लाभ लिन सक्नेछन् ।

ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै ऋन्ल्भ्त् ले यो नयाँ पोस्टपेड योजना ल्याएको हो ।

Advertisement

“पहिले सेवा पछि पैसा”को अवधारणाले सुरु गरिएको यस योजनाले ग्राहकहरूलाई इन्टरनेट प्रयोग गरे पछि भुक्तानी गर्ने विशेष सेवा दिनेछ ।

यो नियमित प्रिपेड प्लानहरू भन्दा सस्तो छ, जसले मासिक रूपमा भुक्तानी गर्दा पनि वार्षिक प्याकेज बराबरको सेवा सुविधा प्रदान गर्छ । साथै, फिर्ता गरिने गरि रु २,५०० को धरौटी बाहेक ग्राहकले राउटर, ड्रप–वायर र जडान खर्च जस्ता कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन ।

इन्टरनेट क्षेत्रको भुक्तानी प्रक्रियालाई नै रूपान्तरण गर्ने प्रयासमा, सीजी नेटले प्रयोगकर्ताहरूका लागि पहिले कहिल्यै नसुनेका लाभहरू सहित पोस्टपेड योजना ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री