शनिबार, ८ वैशाख २०८१

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

समयपोष्ट २०७८ माघ १४ गते १२:४९

Advertisement

सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताबीच भेटवार्ता भएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।

भेटमा बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको समीक्षाका साथै आसन्न तिनै तहको निर्वाचनका सन्दर्भमा छलफल भएको बताइएको छ । भेटमा प्रधानमन्त्री देउवाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसंगको छलफलबारे पनि अवगत गराएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री