शुक्रबार, १६ चैत २०८०

प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल-नेपाल समूहद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

समयपोष्ट २०७७ माघ १२ गते १२:१२

Advertisement

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव समुहले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गरी प्रचण्ड–माधव समुहले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका लागि बनाइएको पार्टी संघर्ष समितिले माघ १३ देखि २८ सम्मका कार्यक्रम सार्वजनिक गरेको छ । जसमा सिठ्ठी जुलुसदेखि विरोध प्रदर्शन सम्म रहेका छन् ।

माघ १३ गते सिठ्ठी जुलुस निकाल्ने र १४ देखि २१ माइतीघर मण्डलामा संविधान सभा सदस्य, संघीय सांसद् तथा प्रदेशसभा सदस्यसहित धर्ना दिने कार्यक्रममा रहेको छ ।

त्यस्तै माघ १६ गते १ बजे शान्तिबाटीकाबाट ‘जुलुससहित सहिद श्रद्धाञ्जली कार्यक्रम’ लैनचौर प्रस्थान गर्ने, त्यसैगरी विरोध प्रदर्शन र सभा माघ १५ गते बुटलवल, १६ विराटनगर, १७ गते धनगडी गर्ने भएको छ ।

प्रदेशका राजधानीहरुमा विशिष्ट प्रकारका ठोस कार्यक्रमलाई निरन्तरता दिने, समाजका विभिन्न तह र तप्कासँग अन्तरक्रिया गर्ने पनि घोषणा गरेको छ । यस्तै माघ २२ गते काठमाडौमा युवा र्याली, माघ २६ गते देशव्यापी मसाल जुलुस र २८ गते काठमाडौमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री