बिहीबार, ३ जेठ २०८१

कुलमानलाई टोपबहादुरले लगाए यस्तो हावादारी आरोप

समयपोष्ट २०७७ पुष २१ गते १२:५२

Advertisement

ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले बिजुलीको तार भूमगित गर्ने काम ‘खतरनाक’भएको बताएका छन् । आइतबार गृहनगर सन्धिखर्क पुगेर उनले काठमाडौं उपत्यकामा भैरहेको बिजुलीको तार भूमगित गर्ने काम ‘खतरनाक’भएको दोहोर्याएका हुन् ।

गत हप्ता मात्र मन्त्रालयका कर्मचारीलाई संयुक्तरुपमा निर्देशन दिँदै मन्त्री रायमाझीले बिजुलीको तार भूमगित गर्ने काम ‘खतरनाक’भएको भन्दै उपत्यकामा जे भैरहेको छ त्यो गलत भनेका थिए ।

मन्त्री रायमाझीले कुलमान घिसिंगको नामनै तोकेर अन्डरग्राउण्ड बिजुली बनाउँदा मानिसको ज्यानकै जोखिम रहेको दाबी गरे । उनले भने, ‘सडकमा काम गर्दा एक्साभेटर लगाउनुपर्छ। यो कामले कति मान्छे मर्ने हुन थाहा छैन। कुलमानजीहरुले १२ अर्ब जतिको ठेक्का लगाइसक्नुभएछ। यो खतरा भयो।’

भूमिगत तारले मान्छे मार्छ ?

Advertisement

भूमिगत लाइन विद्युत प्रसारण र वितरणको लागि पोलमा तार टाँगेर लगिने भन्दा धेरै सुरक्षित र प्रभावकारी हुन्छ ।
खुल्ला आकासमा राखिने तारले पानी पर्दा, हावा हुरी चल्दा वा तापक्रम तल-माथि हुँदा समेत विद्युतको गुणस्तर खस्किन सक्छ भने चुहावट नियन्त्रण, गुणस्तरीय विद्युत आपूर्ति र शहरी सुन्दरताका लागि भूमिगत तार सबैभन्दा राम्रो विकल्प मानिदै आएको छ ।

त्यसकारण पनि विकसित देशहरुमा भूमिगत तारको प्रयोग बढ्दो छ। करेन्ट लाग्ने र मान्छे मर्ने कुरामा भूमिगत तारभन्दा माथिबाट लगिएको तार शतप्रतिशत जोखिमपूर्ण हुने बताईन्छ ।

भूमिगत तारमा लिकेज भयो भने पनि जमिनमा अर्थिङ हुने हुँदा करेन्ट माथि नआएर तल तलै हराउँछ। तर माथिबाट लगिएको तारले भने मान्छेलाई छोयो भने ज्यानै जान सक्छ ।

भूमिगत तारमा चार पाँच वटाभन्दा बढी सुुरक्षा घेरा हुन्छन्। सबैभन्दा बाहिर अर्थिङ हुन्छ। अर्थिङपछि स्टिल लाइनिङको घेरा हुन्छ। त्यहाँभित्र पनि अन्य धातुको घेरापछि मात्रै करेन्ट प्रवाह गरिएको हुन्छ। त्यसैले यो त्यति सजिलै करेन्ट लाग्ने खालको नहुँने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री