श्रीमतीले कुटेर मारिन् श्रीमान

श्रीमतीको कुटाईबाट बागलुङमा एक जनाको मृत्यु भएको छ ।

Advertisement

जिल्लाको तमानखोला गाउँपालिका १ बिसोक निवासी ६४ वर्षीय रविलाल विक र उनकी श्रीमतीबीच हात हालहाल हुँदा रविलालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार गएराती रविलाल र उनकी ६० वर्षीया श्रीमती जमुना विकबीच घरायसी कुरामा विवाद हुँदा स्थिति हात हालाहालसम्म पुगेको थियो । हात हालाहाल हुने क्रममा श्रीमान

रविलाल विक भित्ताको ढुंगामा ठोक्किन पुगेका थिए ।

श्रीमतीको धक्का खाएर ढुंगामा ठोक्किएका रविलालको घटनास्थलमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जमुनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री