
आजबाट रसुवागढी नाका १५ दिनका लागि बन्द गरिएको छ ।
मंगलबार बिहान रसुवागढीमा बसेको नेपाल प्रहरी, चिनियाँ प्रहरी र अध्यागमन कार्यलयका अधिकारीबीच बसेको बैठकले बुधबारदेखि नाका बन्द गर्ने निर्णय गरेको हो ।
दुई देशका अधिकारीबीच बसेको बैठकले कोरोना भाइरसको संक्रमण रोक्न, केरुङतर्फ जाने सडकमा हिउँपरेको तथा ढुंगाहरू खस्ने भएकाले दुर्घटना हुन सक्ने र ल्होसार पर्वको कारण देखाउँदै नाका बन्द गर्न लागेको जनाएको छ ।









प्रतिक्रिया