४ कक्षाका विद्यार्थीमाथि देशद्रोह मुद्दा

कक्षा ४ मा अध्ययनरत एक विद्यार्थीविरुद्ध भारतमा देशद्रोहको मुद्दा दर्ता भएको छ ।

Advertisement

भारतीय सञ्चार माध्यमका अनुसार नागरिकता ऐन संशोधनसम्बन्धी नाटकमा अभिनय गरेको आरोपमा ती विद्यार्थीलाई कर्नाटक प्रहरीले देशद्रोहसम्बन्धी मुद्दा लगाएको हो ।

भारतको समसामयिक विषयमा बनेको नाटक व्यवस्थापनविरुद्ध पनि मुद्दा दर्ता भएको छ । नाटकले राजद्रोह र शान्ति भंग गरेको प्रशासनको आरोप छ ।

नागरिक ऐन संशोधनसम्बन्धी नाटकको दृश्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छवि कलंकित गरिएको दाबी प्रहरीको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री