आन्तरिक राजश्व कार्यालयका कर्मचारी १० हजार घुस लिदैँ गर्दा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश नम्बर ३ कार्यालयले घुससहित एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ । आन्तरिक राजश्व कार्यालय चितवनमा कम्युटर अधिकृतको दरबन्दीमा कार्यरत रामकुमार अधिकारीलाई कार्यालयले घुस रकम रु १० हजारसहित मङ्गलबार पक्राउ गरेको हो ।

Advertisement

आन्तरिक राजश्व कार्यालयका प्रमुख शुभप्रसाद रिजालले सेवाग्राहीबाट कम्युटर बिलिङको कामका विषयमा अधिकारीले रकम लिएको अभियोगमा पक्राउ गरेको जानकारी दिनुभयो । अधिकारीलाई अख्तियार कार्यालय हेटौँडा लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री