ई–सेवा ११औं वर्षमा

नेपालको पहिलो अनलाईन भुक्तानी माध्यम ई–सेवा ११ औं वर्षमा प्रवेश गरेको छ । यस अवधिमा ग्राहक संख्या ३० लाख र परोक्ष रूपमा करीब १ करोडले सेवा लिइरहेको कम्पनीले जनाएको छ ।

Advertisement

हाल ई–सेवाका देशभर ८० हजार एजेन्ट (ई–सेवा जोन तथा पोइन्ट) छन् । त्यस्तै, मोबाइल एप्स डाउनलोड गर्नेको संख्या पनि करीब २० लाख पुगिसकेको कम्पनीको भनाइ छ । करीब १ हजार दक्ष जनशक्तिले उक्त कम्पनीमा रोजगारी पाएको कम्पनीले जनाएको छ ।

सन् २०१० को जनवरीबाट सेवा शुरू गरेको ई–सेवाले मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी सेवा दिई क्यासलेस अर्थतन्त्र निर्माणको अभियानमा सहयोग पुर्‍याउँदै आएको छ ।

ई–सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कूल कलेजको शुल्क लगायत २ हजारभन्दा बढी सेवाको भुक्तानी गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री