तिलागुफाकी उपमेयर दर्शना अमेरिकामै लुकिन्

कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) अमेरिकामै लुकेकी छिन् ।

Advertisement

नगरपालिका महासंघको केन्द्रीय सदस्यसमेत रहेकी उनी गोष्ठीमा सहभागी हुँन कात्तिकको पहिलो साता अमेरिका पुगेकी थिइन् ।

अमेरिका पुगेको केही समयसम्म उनी नगरपालिकाका मेयर रत्नबहादुर शाहीसँग सम्पर्कमै थिइन् । तर, पछिल्लो एक महिनायता मेयर शाहीसँग पनि दर्शना सम्पर्कविहीन भएकी छन् । ‘कात्तिकको पहिलो सातातिर जानुभएको हो । सुरुमा सम्पर्कमै हुनुहुन्थ्यो । पुसयता सम्पर्क भएको छैन, ’ मेयर शाहीले भने ।

उपमेयर दर्शनाले म्यासेन्जरबाट भएको कलमा आफू बिरामी भएकोले फर्किन ढिलो भएको बताएको मेयर शाहीले बताए । उनले भने, ‘म्यासेन्जरमा कुरा भएको थियो । बिरामी भएकोले ढिलो भएको जानकारी गराउनुभयो । पुससम्म पम्पर्कमै हुनुहुन्थ्यो । त्यसपछि सम्पर्क भएको छैन ।’

मेयर शाहीले म्यासेन्जरमा कुरा गरेको बताए पनि दर्शनाको पुरानो फेसबुक एकाउन्ट अहिले निष्क्रिय छ । उनले दन्ता नेपाली नाममा नयाँ फेसबुक अकाउण्ट खोलेकी छिन् । जसमा निकै कम तस्विर र साथीहरु देखिन्छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री