हुम्लामा तीन सातादेखि ज्वरोको प्रकोप : घरघरमा बिरामी, तर छैन औषधि

हिमपातले ल्याएको चिसोसँगै हुम्लाको सर्केगार्ड गाउँपालिका–३ उनापानी गाउँमा १५ पुसदेखि फैलिएको मौसमी रुघाखोकी र ज्वरो अझै रोकिएको छैन । ६० घरपरिवार रहेको गाउँका प्रत्येक घरमा बिरामी छन् ।

Advertisement

उनापानी स्वास्थ्य इकाइमा औषधि नहुँदा फ्लु नियन्त्रणबाहिर गएको अनमि नन्दा फडेराले बताइन् । कतिपयमा दमको समस्यासमेत देखिएको छ । ‘गाउँपालिका स्वास्थ्य शाखाबाट दिएको औषधि सकियो, तर गाउँमा बिरामी बढेका बढ्यै छन्,’ उनले भनिन्, ‘दैनिक ३०–४० बिरामी हामीकहाँ आउँछन्, तर त्यसै फर्काउनुपरेको छ ।’ स्थानीय शिला कार्कीका अनुसार गाउँमा वृद्धवृद्धा र बालबालिका बढी प्रभावित छन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित सामाग्री