अभिनेत्री ऋचा र अमृता हाइप्रोफाइल यौनधन्दामा, तारे होटलमा रंगेहात पक्राउ

प्रहरीले दुई अभिनेत्रीलाई यौन धन्दामा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ।

Advertisement

बिग बोस कन्टेस्टेन्ट अरहान खानकी पूर्व प्रेमीका अमृता धनोआ र अभिनेत्री ऋचा सिंहलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यी दुई अभिनेत्रीलाई प्रहरीले फाइभ स्टार होटलबाट पक्राउ गरेको हो ।

पक्राउ परेपछि अमृताले आफ्नो बयान दिदै आफ्ना पूर्व प्रेमी अरहानमाथि आरोप लगाएकी छिन्। अमृताले आफूलाई फसाइएको बताएकी छिन्। यो सबै अरहानले आफूलाई फसाउनका लागि गरेको अमृताको आरोप छ। उनले भनेकी छिन्, मलाई फसाइएको छ। यस रेडको योजना बताइएको थियो। मलाई थाहा छ की यो सबै काम अरहानले गराएका हुन्।

रिर्पोटका अनुसार प्रहरीलाई गलत सुचना दिइएको अमृताको आरोप छ। उनीहरुले एक साधारण पार्टी गरिरहेका बेला प्रहरीले छापा पारेको अमृताको दाबी रहेको समाचारमा जनाइएको छ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री