शुक्रबार, १४ वैशाख २०८१

गण्डकी प्रदेशसभामा विधेयक प्रस्तुत

समयपोष्ट २०७६ माघ ७ गते १५:४७

Advertisement

गण्डकी प्रदेशसभाको आज बसेको बैठकमा ‘गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न बनेको विधेयक’ पेश भएको छ । सभामा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो ।
आजको विशेष समयमा बोल्दै गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले १३औंँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गतका भौतिक संरचना निर्माण कार्य सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । पोखरामा सागअन्तर्गत आठ वटा खेल सम्पन्न भएको उल्लेख गर्दै उहाँले निर्माण गर्नुपर्ने बाँकी कामलाई समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निर्मित संरचनाको संरक्षण र उपयोग हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

अर्का सदस्य मीना गुरुङले स्वास्थ्य जनताको मौलिक हक भएको बताउँदै भौगोलिक विकटतालगायतका कारणबाट स्वास्थ्यमा सहज पहुँच पुग्न नसकेको गाउँ बस्तीमा शिविर सञ्चालन गरेर भए पनि स्वास्थ्य सेवा पु¥याउनुपर्ने बताउनुभयो । अर्का सदस्य धनमाया लामाले विधतायुक्त हाम्रो समाजमा विभिन्न जातजातिका संस्कृतिलाई जगेर्ना गर्दै राज्यले सार्वजनिक बिदा दिनुपर्ने बताउनुभयो ।
बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य कृष्ण थापा र मेखलाल श्रेष्ठले समसामयिक विषमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । प्रदेशसभाको अर्को बैठक माघ १२ गते १ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री