शनिबार, ८ वैशाख २०८१

‘दीपिका कांग्रेसको समर्थक’

समयपोष्ट २०७६ पुष २७ गते ११:३२

Advertisement

नायिका दीपिका पादुकोणमाथि भारतकी केन्द्रिय मन्त्री स्मृती इरानीले आक्रोस पोखेकी छिन् ।

दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा भएको हिंसाको विरोधमा उत्रिएका विद्यार्थीहरुको समर्थन गर्न दीपिका पुगेपछि मन्त्री इरानीले उनी काँग्रेस पार्टीकी समर्थक भन्दै आक्रोस पोखेकी हुन् । ।

चेन्नाइमा आयोजना भएको एक कार्यक्रममा मन्त्री इरानीले भनिन्–‘दीपिकाले सन् २०११ मा नै बताइसकेकी थिइन् कि, उनी कांग्रेस पार्टीको समर्थन गर्छिन् ।’

सामाजिक संजालमा भाइरल भएको एक भिडियोमा दीपिकाले राहुल गान्धी प्रधानमन्त्री बनेको हेर्न चाहेको बताएकी थिइन् । स्मृतीले भनिन्–‘मलाई लाग्छ जसले समाचार पढ्छन्, उनीहरुलाई थाहा छ कि दीपिका कसको पक्षमा उभिन्छिन् । उनीहरुलाई यो पनि थाहा छ कि, ती मानिसहरु सीआरपीएफका जवान मर्दा खुशी मनाउँछन् ।’

स्मृतीले अगाडि भनिन्–‘भारतलाई टुक्रा टुक्रा बनाउनुपर्छ भन्ने मानिसहरुको साथमा उभिने अधिकार दीपिकालाई छ ।’ दीपिका विश्वविद्यालयका विद्यार्थीहरुको समर्थनमा उत्रिएपछि भारतमा यसको पक्ष र विपक्षमा मानिसहरु देखिएका छन् ।

बलिउडका धेरै कलाकारले दीपिकाको समर्थन गरेका छन् भने कतिपयले यसलाई उनको नयाँ चलचित्र ‘छपाक’को प्रचारको शैली भन्दै टिप्पणी समेत गरेका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री