प्रहरी नायब निरीक्षकलाई १५ हजार घुसले पुर्यायो अदालत

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय यज्ञभूमि धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक कालिचरण पञ्जियारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Advertisement

सवारी दुर्घटनामा क्षतिपूर्ति दिलाइ दिएबापत रु १५ हजार घुस लिएको अवस्थामा आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । निज प्रनानी निरीक्षक पञ्जियारविरुद्ध सोही रकम बराबर बिगो माग दाबी लिई मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

यस्तै आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सुविधा लिएको भन्दै श्री जनजौ कुमारी शाही प्राथमिक विद्यालय तनहुँको शिक्षिका अनिता पोखरेलविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । निजले माध्यामिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणासीबाट प्रमाणपत्र तहको परीक्षा उत्तीर्ण गरेको झुठ्ठा प्रमाणपत्र पेश गरी २०५६ मङ्सिर १० देखि २०७५ चैत ८ गतेसम्म शिक्षिकाका रुपमा काम गरेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री