शुक्रबार, ७ वैशाख २०८१

सिटी एक्सप्रेसको १० लाखको बिजेता घोषित

समयपोष्ट २०७६ पुष २४ गते १६:२०

Advertisement

जागेश्वर भुस्कुलिया यादव सिटी एक्सप्रेसको लखपति एक्सप्रेस २०७६ (न यति न उति सिधै लखपति) योजना अन्तर्गत १० लाखको बिजेता घोषित भएका छन् । उनी लक्की ड्र-मार्फत बम्पर उपहार १० लाख जित्न सफल भएका हुन् ।

उनले साउदी अरबको अरब नेशनल बैंक टेलिमनीबाट पैसा पठाएका थिए । सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा एक समारोहबीच सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनद्वारा सिस्ट्ममा आधारित लक्की-ड्र मार्फत विजेता घोषणा गरिएको हो ।

यस उपहार योजना अबधीभर हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ९०० जनाले रु २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा १२ जना विजेताले रु १०,००० नगद र ३ जनाले रु १००,००० नगद प्राप्त गरिसकेका छन् ।

ती सबै उपहारहरु विद्युतीय लक्की-ड्र मार्फत विजेता छनौट गरिएको कम्पनीले जनाएको छ । सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस २०७६ ( न यति न उति सिधै लखपति)उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० को मोबाइल टप अप १२ जनालाई, साप्ताहिक रुपमा रु १०,००० तीन जनालाई र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले रु १००,००० र अन्त्यमा एक जना भाग्यशाली विजेताले रु १०,००,००० बम्पर उपहार प्राप्त गर्ने प्रावधान राखिएको थियो ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफ्नो उपभोक्ताहरुका लागि दसै, तिहार र छठ्लाई लक्षित गर्दै यस “लखपति एक्सप्रेस २०७६ ( न यति न उति सिधै लखपति) योजनाको आयोजना गरेको थियो । यो योजना असोज १ गते देखि मंसिर ३० गते सम्म चलेको थियो । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका थिए ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७५०० भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री