जिल्ला प्रशासन कार्यालय सिराहामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

प्रभु बैंकले सिराहा जिल्लाको सिराहा नगरपालिकास्थित वडा नं ७ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

Advertisement

एक्स्टेन्सन काउण्टरको बुधबार सिराहाका प्रमुख जिल्ला अधिकृत गोपाल कुमार अधिकारीले समुद्घाट्न गर्नुभएको हो ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बैंकले जिल्ला प्रशासन कार्यलयमा सेवा विस्तार गर्न सफल भएको छ । बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ ।

बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

बैंकले २०२ वटा शाखा कार्यालय, १५२ वटा एटिएम, ४० वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री