खड्का न्याय परिषद् सदस्यमा नियुक्त

 

Advertisement

राष्ट्र«पति विद्यादेवी भण्डारीले मित्रपार्क–७ काठमाडौँ निवासी कानूनविद् वरिष्ठ अधिवक्ता (प्रमाणपत्र तह नं ३४) लक्ष्मीबहादुुर निराला खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा खड्कालाई आज सदस्यमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमा जनाउनुभएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री