साँग्रिला डेभलपमेन्ट बैंकको लाभांस पारित, अध्यक्षमा अच्युत प्रसाद प्रसाई
साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १४ औ बार्षिक साधारण सभाले चुक्ता पूंजीको ४ प्रतिशत बराबरको बोनश शेयर तथा ५.४५ प्रतिशत नगद लाभांस कर सहित पारित गरेको छ । बैंकको सोमवार काठमाण्डौमा सम्पन्न साधारणसभाले उक्त लाभांस पारित गरेको हो । बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी २ अर्व ६० करोड ६६ लाख ४० हजार ४ सय हुनेछ ।
बैंकको संस्थापक समुह तथा सर्वसाधारण समुहका शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३र३ जना संचालकहरुको निर्वाचनमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने अच्युत प्रसाद प्रसाई, शान्तराज बतास र सुशिलकाजी बाँनिया तथा सर्वसाधारण शेयरधनीको तर्फबाट गंगा सागर ढकाल,सुमन कुमार श्रेष्ठ र रबिना शेरचन र्निबिरोध निर्वाचित भएका छन् ।
निर्वाचन पछि बसेको नवनिर्वाचित संचालक समितीको बैठकले अच्युत प्रसाद प्रसाईलाई आगामी कार्यकालको लागी अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको गरेको छ ।
विकास बैंकले आफ्नो मुुलनारा स्थानीय विकासको आधार भन्ने मुुलमन्त्रलाई आत्मसाथ गर्दै दुुर्गम तथा ग्रामीण क्षेत्रका जनताहरु बिच आप्mनो सेवा विस्तार गर्ने क्रममा हालसम्म सातवटै प्रदेशमा गरि ७७ वटा शाखा संजाल रहेको यस विकास बैंकको काठमाण्डौ उपत्यकामा थप पांचवटा शाखाहरु पेप्सीकोला, टोखा, नयांबानेश्वर, सानेपा, र ठीमी भक्तपुुर सहित विकट हिमाली दुुर्गम जिल्ला हुुम्लाको सिमीकोट, त्यस्तै बयलबास, जितपुुर, धरान र लाहान गरि १० वटा शाखाहरु खोल्न नेपाल राष्ट्र बैंककाट स्वीकृति प्राप्त भई निकट भविष्यमा संचालन हुुने क्रममा रहेका छन् । सो पश्चात बैंकको शाखा सन्जाल ८७ पुुग्ने प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले जानकारी दिए । हालसम्म बैंकले करिब २ लाख ६० हजार भन्दा बढि ग्राहकहरुलाई सेवा दिईरहेको छ ।
प्रतिक्रिया