आइतबार, ४ साउन २०८२

महेश ढकाल ग्लोबल आइएमर्इ बैंकको डेपुटी सिइओ

समयपोष्ट २०७५ असोज २२ गते १५:३८

ग्लोबल आइएमर्इ बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा महेशप्रसाद ढकाललाई नियुक्त गरेको छ।

तत्कालिन टुरिज्जम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ढकाल मेगा बैंकमा गाभिएसँगै थर्ड पोजिसन मा थिए। ढकालसँग नेपाल बैंकमा लामो समय काम गरेको अनुभव छ ।

चार्टर्ड एकाउन्टेन्टसमेत रहेका ढकालले पृथ्वी नारायण क्याम्पस पोखरामा अध्ययन गरेका हुन भने भारतबाट चार्टर्ड एकाउन्टेन्ट गरेका हुन्।

सुमन शर्माले डेपुटी सिइओ छाडेपछि ग्लोबाल आइएमई बैकको सेकेन्ड म्यानको पद खाली थियो। शर्मा ग्लोबल आइएमइ छाडेर माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री