नेपाल लाइफले दस अर्ब प्रथम बीमा शुल्क आर्जन गरी बनायो ऐतिहासिक रेकर्ड
नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको २५औँ वर्षमा रु १०,००,००,००,००० (दस अर्ब) प्रथम बीमा शुल्क आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा ऐतिहासिक रेकर्ड कायम गरेको छ। यो उपलब्धिले कम्पनीलाई नेपालको बीमा बजारमा अग्रणी स्थानमा पुर्याएको छ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई मार्गदर्शन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, बीमितहरू, बीमा अभिकर्ताहरू, कर्मचारीहरू, शेयरधनीहरू, नियामक निकायहरू र सम्पूर्ण सरोकारवालाहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ। उहाँले यो ऐतिहासिक लक्ष्य प्राप्तिमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यो सफलता सबैको साझा प्रयासको प्रतिफल भएको बताउनुभयो।
नेपाल लाइफले हासिल गरेको यो उपलब्धिले नेपालको बीमा बजारलाई नयाँ दिशानिर्देश प्रदान गरेको छ। कम्पनीले आगामी दिनमा प्रविधिमैत्री प्रणालीहरूको अधिकतम उपयोग गर्दै समयानुकूल र नवीन बीमा उत्पादनहरू ल्याउने, लगानी विविधिकरणमार्फत प्रतिफल वृद्धि गर्ने, कर्मचारी र अभिकर्ताहरूको दक्षता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्ने र विश्वस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया