बुधबार, ७ साउन २०८२

२६०० विन्दुमाथि नेप्से, ७ अर्ब भन्दा बढीको कारोबार

समयपोष्ट २०८१ असोज १५ गते १५:१७

नेप्से परिसूचक ११४.७० अंक बढेर २६२३.५६ विन्दुमा पुगेको छ।

सेन्सेटिभ इण्डेक्स १९.४६ अंक बढेको छ भने फ्लोट यण्डेक्स ७.९६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ७.०५ अंक बढेको छ।

३०७ स्टकको ९६ हजार ९०६ पटकको कारोबारमा ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ७५ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ९.७४ प्रतिशत बढेको छ। लगानी उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ। विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको जीवन बीमा र अन्य उपसमूहको परिसूचक यस दिन ४ प्रतिशतभन्दा बढी बढेको छ।

२३ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बुटवल पावर कम्पनी, गोर्खाज फाइनान्स, गुडविल फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सेन्ट्रल फाइनान्स, जानकी फाइनान्स समृद्धि फाइनान्स लगायतका स्टकहरु सकारात्मक सर्किट लेभलमा कारोबार भएका हुन्।

एनएलजी इन्स्योरेन्सको यस दिन २८ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। हिमालयन रि इन्स्योरेन्सको साढे २३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल फाइनन्सको साढे २० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री