शनिबार, ३ साउन २०८२

उकालो लाग्यो शेयर बजार

समयपोष्ट २०८० फागुन १४ गते १५:३३

पछिल्लो ६ कारोबार दिनदेखि घटिरहेको नेप्से आज बढेर बन्द भएको छ । नेप्से परिसूचक आज टेवा क्षेत्रबाट उकालो लागेको हो।

हाल नेप्सेको टेवा क्षेत्र १९८० देखि २०२५ सम्म रहेको छ। पछिल्लो दुई कारोबार दिनदेखि नेप्से सोही टेवा क्षेत्रमा कारोबार भइरहे तापनि बढ्न सकेको थिएन। तर, आज भने नेप्से सो क्षेत्रमा टेवा पाएर उकालो लागेको हो।

आज नेप्से परिसूचक १३.२८ अंक बढेर १९९२.३० विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स २.१४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६१ अंक बढेको छ।

नेप्से बढेपनि भोल्यूम भने कमजोर रहेको छ। अघिल्लो कारोबार दिन ३ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा आज ३१४ स्टकको ४९ हजार ९४० पटकको कारोबारमा २ अर्ब १ करोड ७७ लाख रुपैयाँ बराबरको ५९ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बोटलर्स नेपाल (बालाजु) को शेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य ८.१६ प्रतिशत बढेको छ। आज पनि समाज लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको बिपिडब्लु लघुवित्तको शेयरमूल्य यस दिन ८.७७ प्रतिशत घटेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री