नेपाल बैंक लिमिटेडले एक करोड ७६ लाख कित्ता एफपिओ जारी गर्ने
समयपोष्ट
२०७४ माघ २४ गते ७:२५
नेपाल बैंक लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपिओ) जारी गर्ने भएको छ ।
बैंकले प्रिमियम मूल्यमा एक अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८ सय रुपैयाँ बराबरको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ जारी गर्ने भएको हो ।
बैंकको माघ २३ गते बसेको बैंक संचालक समिति बैठकले सो प्रस्ताव पारित गरेको छ । उक्त प्रस्ताव बैंकले आगामी साधारणसभामा लैजाने बताएको छ ।
प्रतिक्रिया