शनिबार, ३ साउन २०८२

सप्तरीको मुसहर बस्तीमा ५२ घर बनाउन जनता बैंकको सहयोग

समयपोष्ट २०७६ असोज १० गते १०:५०

बि.संं. २०७४ साल श्रावणमा तराईमा गएको भिषण बाढी तथा डुवानमा परी घरबार गुमाएका सप्तरीको तिलाठी कोइलाडीको मुसहर बस्तिमा ५२ घर तयार गरी स्थानीयलाई हस्तान्तरण गरीएको छ ।

उक्त बस्ति निर्माणको लागि जनता बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट रु. १० लाख सहयोग हस्तान्तरण गरिएको छ । उक्त रकम बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंबर क्षेत्रीले नेपाल ब्रोडकास्टिङ च्यानलका महाप्रबन्धक सुधिर राजभण्डारी लाई हस्तान्तरण गरे ।

बि.सं. २०७४ श्रावण महिनामा तराई क्षेत्रमा गएको बाढीपिडितबाट घरबार गुमाएका उक्त मुसहरबस्तिका जनताहरुको आबास पुनः निर्माणको लागि मिति २०७४ साउन ३१ गते जनता बैंकमा ‘न्युज २४ टिभी जनता बैंक विपत्ती राहत कोष’ खाता संचालन गरिएको थियो ।

नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृती लिई उक्त खातामा विभिन्न ब्यक्ती तथा संघ सस्थाबाट जम्मा भएको रकम करिब रु. २ करोड र अन्य सहयोग समेत गरी न्युज २४ को अगुवाईमा उक्त बस्तिमा करिब ३ करोडको लागतमा ५२ ओटा घर निर्माण गरी हस्तान्तरण गरिएको थियो । उक्त बस्ति मिति २०७५/०७/२७ मा पूर्वराष्ट्रपति डा. रामवरण यादवबाट हस्तान्तरण भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री