घरेलु हिंसामा परी पाँच महिलाको मृत्यु
समयपोष्ट
२०७५ पुष १४ गते ७:५८
घरेलु हिंसामा परी फिजीमा वर्षभरीमा पाँच महिलाको मृत्यु
फिजीमा घरेलु हिंसाका कारण सन् २०१८ मा पाँच महिलाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ ।
फिजीका महिलाको सङ्कट केन्द्र (एफडब्लूसीसी)ले शुक्रबार दिएको जानकारीअनुसार महिलाविरुद्ध हुने घरेलु हिंसाको अवस्था अझै पनि चिन्ताजनक अवस्थामै रहेको छ ।
सो संस्थाकी संयोजक शामिमा अलिले घरेलु हिंसामा परी मृत्यु भएकामध्ये अधिकाँशको हत्या उनीहरूका श्रीमान्बाट भएको बताईन ।
देशभरी भएका अन्य कैयौँ हिंसाका घटनामा परी ठूलो सङ्ख्यामा महिला घाइते पनि भएको विवरण आफूहरूसँग रहेको उनको भनाइ छ ।
महिलाविरुद्ध हुने हिंसा नियन्त्रण फिजीमा अझै पनि चुनौतीपूर्ण कार्य नै रहेको अलिले बताईन । उनले आफ्नो कार्यालयमा आएका उजुरी तथा सूचनामध्ये झण्डै ४० प्रतिशतलाई प्रहरीसमक्ष लगिएको जानकारी दिईन । रासस/सिन्ह्वा
प्रतिक्रिया