आफैले बोकेको बन्दुक पड्केर प्रहरी जवान घाइते
समयपोष्ट
२०७५ पुष ९ गते ६:२७
इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङमा कार्यरत प्रहरी जवान आफैंले बोकेको हतियार पड्किएर घाइते भएका छन् ।
सोमबार बिहान ९ बजे बा १ झ ६४५० नं को मोबाइल भ्यानमा गस्तीमा गएको बेला स्थानीय थापा चौकमा पुग्दा प्रहरी जवान सन्जिव खड्काले बोकेको थ्री नट थ्री राईफल एक्कासी पड्कन गई घाइते भएका हुन् ।
छातीको दाहिने भागमा गोली लागेका उनको बिराटनगरस्थित न्यूरो अस्पतालको सघन कक्षमा उपचार भईरहेको छ ।
प्रतिक्रिया