पुर्वराजालाई भेटेर कमल थापाले के-के भने ?
समयपोष्ट
२०७५ पुष ६ गते ८:२३
१५ दिने भ्रमणमा पोखरा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भेटेका छन् । पार्टी कार्यक्रमको सिलसिलामा पोखरा पुगेका थापाले शुक्रबार बिहान पूर्वराजालाई पोखरा १७ दोबिल्लास्थित माउण्ट ग्लोरीमा भेटेका हुन् ।
उनीहरुबीच करिब सवा एक घण्टा कुराकानी भएको बताइएको छ । शाह र थापाबीच विहान ९ बजेदेखि सवा १० बजेसम्म कुराकानी भएको थियो । भेटमा पूर्व राजा शाहले देशको बिग्रदो अवस्थाप्रति चासो राख्दै चिन्ता व्यक्त गरेका थिए ।
थापाले राप्रपाले हिन्दु राष्ट्र, राजसंस्था पुनस्र्थापना र संघीयता खारेजीलगायतको माग राख्दै फागुन ७ गतेदेखि जनसंघर्ष गर्न लागेको जानकारी गराएका थिए । उनले पार्टी एकीकरणमा देखिएको समस्या र हुनसक्ने सम्भवानाबारे पनि जानकारी गराएको बताइएको छ ।
प्रतिक्रिया