सेयर बजार दोहोरो अंकले बढ्यो
समयपोष्ट
२०७५ पुष २ गते १०:२६
सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसुचक १५.१७ अंकले बढेर ११८२.७८ अंकमा पुगेको छ । आज बजारमा १ सय ५९ कम्पनीका १२ लाख कित्ता सेयर ४२ करोड रुपैयाँ बरारबमा किनबेच भएको छ ।
आज सबैभन्दा बढी सेयर छिमेकी लघुविक्त विकास बैंकको किनबेच भएको छ ।
आज नेप्से ब्यापार समुह उपसुचक बाहेक सबै समुह उपसुचकहरु बढेका छन् । आज ब्यपार समुह उपसुचक २३७.७७ अंकले घटेको छ । यस्तै बाणिज्य बैंक समुह १०४६.७१,होटल समुह १७४८.३८,विकास बैंक १४६०.५९,जलविद्युत १२०९.५३,फाइनान्स ६०१.५७,निर्जिवन बिमा ५४७०.७२,उत्पादनमुलक समुह २२२४.६५,अन्य समुह ७२१.४८,लघुविक्त समुह १३४६.४६ र जीवन बिमा समुह ५४७४.४६ अंकले बढेको छ ।
प्रतिक्रिया