ऋणबाट छुटकारा पाउन चाहनुहुन्छ ? घरको पुर्व अथवा उत्तर दिशामा यसो गर्नुहोस्
समयपोष्ट
२०७५ पुष २ गते ७:५२
तपाईको मन अशान्त भैरहन्छ । अथवा तपाईमाथि ऋणको भार बढिरहेको छ । वास्तु दोषका कारण यस्ता समस्याहरु आइपरेका हुनसक्छन् । मन अशान्त रहिरहन्छ भने सुत्नु अघि सिरानीमा एक लोटामा पानी भरेर राख्नुहोस् र बिहान सबैभन्दा पहिले त्यसलाई घर बाहिर फ्याँकिदिनुहोस् । यसो गर्नाले तपाईको मन स्थिर हुन्छ । समस्या समाधान हुँदै जान्छ ।
यसैगरी तपाईंमाथि ऋण बढिरहेको छ र लाखौं कोसिस गर्दा पनि यसबाट छुटकारा पाउन सकिरहनु भएको छैन भने यसको कारण घरमा सूर्यको पर्याप्त प्रकाश नआउनाले हो । यसका लागि पूर्व दिशामा एउटा क्रिस्टलको बल राख्नुहोस् । घरको उत्तर वा पूर्वमा खुल्ला स्थान बनाएर त्यसमा रंगी बिरंगी फूल रोप्नुहोस् । तपाई समस्याबाट छुटकारा पाउनुहुन्छ । एजेन्सी
प्रतिक्रिया